जर्मनीद्वारा लकडाउन खुकुलो बनाउँदै लैजाने घोषणा, अप्रिल २२ गतेदेखि विद्यालय खुल्ने | ईमाउण्टेन समाचार

Our Network

पुष २ २०८१, मंगलबार

जर्मनीद्वारा लकडाउन खुकुलो बनाउँदै लैजाने घोषणा, अप्रिल २२ गतेदेखि विद्यालय खुल्ने

germany

एजेन्सी, ४ वैशाख । जर्मनी सरकारले लकडाउन खुकुलो बनाउँदै लैजाने भएको छ । जर्मनी चान्सलर एन्जेला मर्केलले लकडाउन खुकुलो बनाउँदै लैजाने घोषणा गरेकी हुन् ।

लकडाउन खुकुलो पारे पनि व्यक्तिगत दुरीसहितका नियम भने कम्तीमा आउँदो मे ३ सम्म अर्थात् वैशाख २१ सम्म कायम रहने चान्सलर मर्केलको भनाई छ । साथै सार्वजनिक यातायात तथा पसल पुग्ने व्यक्तिलाई अनिवार्य मास्क लगाउन सुझाव दिएको अन्तर्राष्ट्रिय समाचार संसाहरुले जनाएका छन् ।

यस्तै आउँदो अप्रिल २२ गतेदेखि विद्यालयहरु पनि खोल्ने तयारी गरिएको बताइएको छ । धार्मिक सभासहित ठूला सार्वजनिक कार्यक्रम भने आउँदो अगस्ट ३१ अर्थात् भदौ १५ सम्म बन्द रहने छन् । यस्तै बार, क्याफे, रेस्टुरेन्ट, चलचित्र घर तथा साङ्गीतिक कार्यक्रम स्थलहरु पनि बन्द नै हुनेछन् । जर्मनी सरकारका अनुसार अहिलेसम्म एक लाख २७ हजार पाँच सय ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीन हजार दुई सय ५४ जनाको ज्यान गएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);