काठमाडौं, २ वैशाख । जारी लकडाउनको २२ औं दिन आज पनि काठमाडौं उपत्यका सहित देशैभरका शहर बजार सुनसान छन् । लक डाउनका कारण काठमाडौं उपत्यकाका सडक सुनसान देखिएका छन् भने विभिन्न ठाउँमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति रहेको छ ।
आज पनि विगतदिन जस्तै अत्यावश्यक सेवा र पासबाहक सवारी साधन बाहेक अन्य सवारी सञ्चालनमा आएका छैनन् । प्रहरीले लक डाउनका समयमा हिड्नेहरुलाई कारवाही गरिरहेको छ । नेपालमा कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले चैत ११ गतेदेखि घोषणा गरेको लकडाउन बैशाख ३ सम्म जारी राख्ने निर्णय गरेको छ । सरकारले सर्वसाधारणलाई समाजिक दुरी कायम राखेर घरभित्रै बस्न आग्रह गरेको छ ।
यसैगरी काठमाण्डौ उपत्यका बाहिर लक डाउन कडाइका साथ पालना गरिएको छ । सातै प्रदेश र ७७ वटै जिल्लाका मुख्य शहर बजार सुनसान रहेका छन् । त्यसैगरी लामो दुरीका सवारी साधन बन्द गरिएका कारण राजमार्गहरु सुनसान छन ।
लकडाउन जारीपछि राजमार्गमा अत्यावश्यक बाहेकका सवारी साधन चलेका छैनन ।