काठमाडौं, ३० चैत । कपिलवस्तुमा पनि कोरोना भाइरस संक्रमणको परिक्षणका लागि र्यापिड टेष्ट सुरु गरिएको छ । प्रदेश नम्बर पाँच सरकारको स्वास्थ्य निर्देशनालयले परिक्षण सामग्री पठाएसँगै कपिललवस्तुमा शनिबार र्यापिड टेष्ट सुरु गरिएको हो ।
र्यापिड टेष्टका लागि जिल्लाका २० जना कर्मचारीहरुलाई तालिम दिइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार ७ सय थान टेस्ट किड प्राप्त भएको हो । प्रदेशबाट आएका प्राविधिक टोलीले टेस्टका विषयमा तालिम दिएको थियो ।
स्वास्थ्यकर्मीका लागि पीपीई, आवश्यक केमिकल समेत प्राप्त भएको बताइएको छ । जसका लागि पालिकाबाट २० जना कर्मचारी खटिएका छन् ।