खाद्यवस्तु आयातमा लगाइएको प्रतिबन्ध सशर्त फुकुवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

खाद्यवस्तु आयातमा लगाइएको प्रतिबन्ध सशर्त फुकुवा

truck

काठमाडौं, २४ चैत । कोरोना प्रभावित मुलुकबाट हुने खाद्यवस्तु आयातको प्रतिबन्ध सरकारले सशर्त फुकुवा गरेको छ । क्वारेन्टाइन मापदण्ड पालना गरेर खाद्य वस्तु आयात गर्न सक्ने निर्णय भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

सर्तसहितको नयाँ व्यवस्थाअनुसार अब व्यवसायीले विदेशी मुलुकबाट आयात हुने सबै प्रकारका खाद्य वस्तु अनिवार्य १४ दिन क्वरेन्टाइनमा राख्नुपर्ने छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको क्वारेन्टाइन प्रोटोकलमा रहेर भन्सार विन्दु वा ट्रान्जिटमा त्यस्ता वस्तु क्वारिन्टाइनमा राखिने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

खाद्य वस्तुमा कोरोना संक्रमण जीवित रहनसक्ने तथा यसबाट कोरोना सर्न सक्ने जोखिमबारेको वैज्ञानिक आधारहरु कमजोर पाइएपछि यस्तो व्यवस्था गरिएको हो । विभागका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्र जारि गरेर आयातमा प्रतिबन्ध लगाएको मरिच, सुपारी लगायतका वस्तुको आयात अनुमति भने रोक्का नै छ ।

सरकारले फागुन अन्तिम साता कोरोना अति प्रभावित पाँच मुलुकबाट खाद्य वस्तुको आयात अनुमति स्थगनको निर्णय गरेको थियो । उक्त निर्णयपछि चीन, दक्षिण कोरिया, इटाली र जापान लगायतका मुलुकबाट पशु, खाद्य र वनस्पतीजन्य वस्तुको आयात रोकिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);