धमाधम संक्रमण हुन थाल्यो भारतबाट फर्केकाहरुमा | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

धमाधम संक्रमण हुन थाल्यो भारतबाट फर्केकाहरुमा

coronavirus test

काठमाडौं, २३ चैत । सुदूरपश्चिमका तीनजनामा कोराना भाइरस (कोभिड–१९) संक्रमण देखा परेको छ। यसअघि कोराना संक्रमित धनगढी उपमहानगरपालिका­–५ का युवाकी ३४ वर्षीया भाउजु, कञ्चनपुर बेदकोट नगरपालिकाका ४१ वर्यीय पुरुष र कैलालीकै लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवामा कोरोना देखा परेको हो।

कञ्चनपुरको बेदकोटका ४१ वर्षीया युवा भारतको उत्तराखण्ड राज्यको चम्पावत जिल्लाबाट कञ्चनपुरको ब्रम्हदेव हुँदै लुकेर नेपाल छिरेका हुन्। कैलालीको लम्कीका युवा चैत ११ गते धनगढीसँग सीमा जोडिएको गौरीफन्टा नाकाको भीडबाट नेपाल प्रवेश गरेका हुन्। कैलालीका कोरोना संक्रमित युवाका आफन्तमा पनि संक्रमण फैलिएको छ। चैत ७ गते दुबईबाट भारत हँुदै ती युवा नेपाल आएका थिए। सोही रात उनी काठमाडौंमा मामाको घरमा बसि चैत ८ गते बुद्ध एयरको विमानबाट नेपालगञ्ज आएका थिए। नेपालगञ्जबाट उनी अत्तरियासम्म माइक्रोमा, त्यहाँबाट धनगढीको चौराहासम्म विंगर गाडी र त्यहाँबाट अटोमा उनी धनगढीस्थित घर पुगेका थिए।