नेपाल–भारत बैठक : के के भए निर्णय ? | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

नेपाल–भारत बैठक : के के भए निर्णय ?

nepal bharat baithak

विवेक विश्वकर्मा
भैरहवा, २० चैत । घर फर्किन आशामा बेलहिया–सुनौली नाका पुगेर अलपत्र परेका नेपाल र भारतीय नागरिकहरुको एक अर्का देशमा व्यवस्थापन गरिएको छ ।

कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि दुवै सरकारले सीमाबाट आवातजावतमा पूर्ण रोक लगाएको छ । नेपाल र भारतका स्थानीय अधिकारीहरुको बीचको संवादले तीन दिन सीमानामा अलपत्र रहेका नेपाली र भारतीय नागरिकहरुलाई आ आफ्नै दर्श तर्फ व्यवस्थापन गर्ने समझदारी अनुसार उनीहरुलाई एक अर्को देशको क्वारेन्टाइनमा व्यवस्थापन गरिएको हो ।

भारतीय तीन सय पाँच जना नेपाली र नेपालमा एक सय ५५ जना भारतीयहरु नगरिकहरुलाई क्वारेन्टाइनमा व्यवस्थापन गरिएको छ । नेपालीहरुलाई सीमा देखि ८ किमी पर नौतनवा स्थित नौतनवा इन्टर कलेजमा र भारतीयहरुलाई सीमा देखि २ किमी वर प्रतिमान निमा स्मृती प्रतिष्ठानको भवनमा राखिएको छ । उनीहरुलाई चौध दिन चिक्तिसकिय निगरानीमा रहनेछन् ।

बिहिवार भैरहवा भन्सार कार्यालय बसेको नेपाल भारतको सुरक्षा अधिकारी सहित स्थानीय अधिकारीहरुको बसेको बैठकले भारत र नेपालको क्वारेन्टाइनमा रहेका आफ्नो नागरिकको अवस्थाबारे स्थलगत निरीक्षण गर्न सकिने निर्णय भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए ।

उनका अनुसार विरामी वा अन्य कारणले कुनै नागरिकको उद्दार गर्नुपर्ने अवस्थामा आएमा दुवै देशको अधिकारीहरुको समन्वयमा उद्दार गर्ने, क्वारेन्टाइनमा आवश्यक सुधार गर्नुपर्ने विषय भएमा सुधार गर्ने, कोरोना भाइरस सम्बन्धि सूचना आदानप्रदान गर्ने लगायतका निर्णयहरु भएको छ ।

सोही निर्णय अनुसार भारतमा क्वारेन्टाइनमा राखिएका नेपालीहरुको अवस्थाबारे निरीक्षणका लागि भारतमा टोली पठाउन थालिएको उनले बताए ।

बैठकमा नेपालको तर्फबाट रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थ र भारतको तर्फबाट महाराजगंजका डिएम (प्रमुख जिल्ला अधिकारी) उज्जवल कुमार, दुवै देशका उच्च पदस्थका सुरक्षा निकायका अधिकारीहरु, भन्सार, क्वारेन्टाइन प्रमुखहरु लगायतको सहभागिता थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);