३०२ अमेरिकी लिएर कतार एयरवेजको विमान उड्यो | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

३०२ अमेरिकी लिएर कतार एयरवेजको विमान उड्यो

qatar airways

काठमाडौं, १८ चैत । लकडाउनका कारण नेपालमा अलपत्र परेका ३ सय २ जना अमेरिकी पर्यटकलाई लिएर कतार एयरवेजको वाइडबडी विमान मंगलबार उडेको छ । त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलका अनुसार, मंगलबार उडेको उक्त चार्टड उडान काठमाडौंस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकका लागि ल्याएको हो । दोहाबाट उनीहरु कतारकै अर्को विमानमा वासिङ्टन जाने बताइएको छ ।

जहाजमा काठमाडौंमा अलपत्र परेका अमेरिकी नागरिक, विभिन्न एजेन्सीमा कार्यरत तथा ग्रिनकार्डबाहक नेपाली पनि रहेको जनाइएको छ । यस उडानमा दुई जना शिशु पनि छन् । कतारले यसअघि फ्रेन्च र जर्मन दूतावासका लागि तीनवटा चार्टर उडान गरिसकेको छ ।

यसैबीच लकडाउनका कारण अलपत्र परेका अष्ट्रेलिया र न्यूजिल्याण्डका पर्यटकलाई लिएर नेपाल वायुसेवा निगमको वाइडबडी विमान बुधबार मलेसिया हुँदै अष्ट्रेलियाको ब्रिसबेन जाँदैछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);