पुष्कर भट्ट
कञ्चनपुर, १३ चैत्र ।कोरना भाईरस (केडिभ–१९) को संक्रमणले विश्व यतिबेला त्रसित भएको छ । महामारीमा रुपमा फैलिएको कोरना बिरुद्ध दक्षिणी एसियाका नेपाल भारत दुवै मुलुक लकडाउन गरिएका छन् । त्यसको असर कञ्चनपुरमा समेत परेको छ ।
लकडाउनको समयमा जो जहाँ छन्, अर्थात घरबाट बाहिर ननुस्किनु हो । व्यक्ति व्यक्तिको भिडभाँड कम गर्नु हो । तर, कञ्चनपुरमा लकडाउन तोडिनु समान्य विषय भएपछि जिम्मेबार व्यक्ति समुहबाटै वनमा कटानी भईरहेको पाईएको छ ।
प्रमुख प्रतिपक्षीय दल नेपाली काँग्रेसका नेता चन्द्रकान्त भट्ट(सिके) भनिनेको समुह लकडाउनका मोकाछोपी सालाका डाडै रुख काटेर तस्करीमा संलग्न भएका छन् ।
ने
पाली काँग्रेस बेदकोट नगरका सचिव, नेपाल तरुण दलका ३ नम्बर क्षेत्रका सभापति समेत रहेका भट्टको समुहलाई गयराती सालका डाडै रुख काटिरहेको अवस्थामा शुक्लाफाँटा निकुञ्जले पक्राउ गरेको छ ।
शुक्लाफाँटा निकुञ्ज प्रशासनका अनुसार पक्राउ पर्नेमा बहादुर डगौरा, करन पन्त र हर्क नेपाली रहेका छन् । रुख काटेर ढालेको अवस्थामा गोपिला गर्दैगर्दा उनीहरुलाई निकुञ्ज प्रशासनको नेतृत्वमा आएको नेपाली सेना सहितको टोलीले पक्राउ गरेको थियो । उनीहरुको साथबाट एक थान आरा समेत बरामद गरेको छ ।
विपद्को घडीमा सहयोगको साटो काटेर तस्करी गर्ने कार्यको सर्वत्र बिरोध गरिएको छ । स्वयम काँग्रेस नेताहरुले देश कोरनाको संकटमा परेका बेला यसरी राष्ट्रिय सम्पत्तिमाथी गिद्दे नजर गलत भएको टिप्पणी गरेका छन् ।
स्थानीयले घटनाको सत्यतथ्य निष्पक्ष छानबिन गरेर दोष उपर कार्बाहीको माग अघि सारेका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण प्रशाद पौडेलले रुख काटिरहेको अवस्थामा चन्द्रकान्त भट्ट सहितका चार जना पक्राउ गरि मझगाउँ ल्याएको बताउनुभयो । उनीहरु बिरुद्ध वन ऐन ०७६ अनुसार मुद्दा दर्ता गरेर कार्बाही प्रकृया अघि बढिसकेको प्रमुख संरक्षण अधिकृतले बताउनुभयो ।