धनुषा, ३ असोज । धनुषामा हालसम्म ५ वडाको मत गणना सकिएको छ। मंगलबार दिउँसो मध्यान्ह सम्ममा प्राप्त मतपरिणाम अनुसार नेकपा एमाले ३ वडामा विजयी भएको छ।
त्यस्तैगरी संघीय समाजवादी फोरम २ स्थानमा विजयी भएको छ भने माओवादी केन्द्र १ वडामा विजयी भएको छ। मतगणना भइरहेका मिथिला, हंशपुर र मिथिला बिहारी नगरपालिकामा एमालेको अग्रता, गणेशमान चारनाथमा माओवादी अगाडि।
धनुषामा एमालेबाट हंसपुर नगरपालिका वडा नं. १ को वडाध्यक्षमा कामेश्वर कापर, मुखियापट्टी मुसहरमिया गाउँपालिकाको वडा नं. १ मा कौशल यादव र वडा नं. २ मा नरेश यादव विजय भएका हुन्।