फ्रान्समा होटललाई अस्पताल र ट्याक्सीलाई एम्बुलेन्स सेवाका रुपमा परिणत | ईमाउण्टेन समाचार

Our Network

पुष २१ २०८१, आइतबार

फ्रान्समा होटललाई अस्पताल र ट्याक्सीलाई एम्बुलेन्स सेवाका रुपमा परिणत

कोरोना भाइरसका कारण फ्रान्समा हिँड्डुलमा प्रतिबन्ध

एजेन्सी, ५ चैत । कोरोना भाइरसको संक्रमण विरुद्ध फ्रान्स सरकारले हिँड्डुलमा पूर्णरूपमा रोक लगाइएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले राष्ट्रका नाममा सम्बोधन गर्दै अत्यन्त जरुरी कामका लागि कारण खुलाइएको अनुमतिबिना हिँड्डुलमा पूर्ण रोक लगाएको बताएका हुन् ।

यो नियम १५ दिनका लागि भए पनि आवश्यकताअनुसार थप १५ दिन बढाउन सकिने छ । यसको कार्यन्वायनका लागि करिब १ लाख सुरक्षाकर्मी खटाइने र केही सुरक्षा पोस्ट तत्कालै थपिने राष्ट्रपति म्याक्रोंले बताए ।

फ्रान्सले ३० दिनका लागि देशबाहिर जान र देशभित्र आउन पनि रोक लगाएको छ । पछिल्लो नियमले फ्रान्सेली नागरिकलाई स्वदेश फर्कन भने रोक्ने छैन । राजधानी पेरिसबाहिरका होटललाई अस्पतालका रूपमा परिणत गर्ने घोषणा गरिएको छ भने ट्याक्सीलाई एम्बुलेन्स सेवामा परिणत गरिने छ ।

यसैगरी इरानले संक्रमण नफैलियोस् भनेर ८५ हजार कैदीबन्दी रिहा गरेको छ । इरानले पाँच वर्षभन्दा कम सजाय तोकिएका कैदीबन्दीलाई मात्र अस्थायी रूपमा जेलमुक्त गरिएको बताएको छ ।

यसैबीच बेलायत सरकारले कोरोना भाइरसबाट प्रभावित व्यापार, व्यवसायहरुलाई सहयोग गर्न ३ सय ३० अर्ब पाउण्डको अप्रत्याशित वित्तीय प्याकेज घोषणा गरेको छ । कोरोना भाइरस संक्रमणले अर्थतन्त्र संकटोन्मुख भएपछि बेलायत सरकारले नयाँ प्याकेज घोषणा गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);