मोदीको प्रस्ताव : कोरोनाबिरुद्ध लड्न सार्क राष्ट्रले रणनीति बनाऔं | ईमाउण्टेन समाचार

Our Network

माघ १३ २०८१, आइतबार

मोदीको प्रस्ताव : कोरोनाबिरुद्ध लड्न सार्क राष्ट्रले रणनीति बनाऔं

modi address

काठमाडौं, ३० फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्ध एक भएर लड्न सार्क राष्ट्रले छुट्टै रणनीति तय गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ ।

शुक्रबार ट्वीटरमार्फत मोदीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)) को नेतृत्वमा कोरोना भाइरसविरुद्ध लड्न बलियो रणनीति बनाएर अघि बढ्न आह्वान गर्नुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री मोदीको प्रस्तावलाई स्वागत गर्नुभएको छ । प्रधानमन्त्री ओलीले ट्वीट गर्दै मोदीको विचारलाई स्वागत गर्नुभएको हो । प्रधानमन्त्री ओलीले नेपाल सरकार घातक रोगबाट आफ्ना जनतालाई सुरक्षा प्रदान गर्नका लागि सार्क सदस्य राष्ट्रहरुसँग मिलेर काम गर्न तयार रहेको उल्लेख गर्नुभएको छ ।

मोदीले आफ्ना नागरिकलाई कोरोना भाइरसबाट जोगाउने विषयमा भिडियो कन्फ्रेन्स मार्फत छलफल गर्न सकिने पनि जनाउनु भएको छ । मोदीले सार्क राष्ट्रहरुलेसँगै कोरोना भाइरसविरुद्ध लडेर विश्वलाई नै उदाहरण देखाउन सकिने पनि ट्वीटमा उल्लेख गर्नुभएको छ ।

कोरोना भाईरसको संक्रमण अहिले विश्वव्यापी रुपमा फैलिएको छ । सार्क राष्ट्रमा नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, भुटान र अफगानिस्तान रहेका छन् । हाल नेपाल सार्कको अध्यक्ष राष्ट्र रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);