सरकारी नीति नियम पालना गरेर व्यवसायलाई मर्यादीत बनाउनुपर्छ : अध्यक्ष कटुवाल | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८२, मंगलबार

सरकारी नीति नियम पालना गरेर व्यवसायलाई मर्यादीत बनाउनुपर्छ : अध्यक्ष कटुवाल

काठमाडौं, २४ फागुन । ग्रील तथा स्टील व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले सरकारी नीति नियम पालना गरेर व्यवसायलाई मर्यादीत बनाउनुपर्ने आवश्यकता औल्याउनुभएको छ ।

शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष कटुवालले सरकारले अघि सारेका सामाजिक सुरक्षा कोष, न्यूनतम पारिश्रमिक, लगातका नीतिहरु पालना गरेर व्यवसायलाई सम्मानित र मर्यादित बनाउनुपर्ने आवश्यकता औलाउनुभएको हो ।

उहाँले सरकारी नीतिहरु कार्यान्वयन गर्नुपर्ने बाध्यात्मक अवस्था भएपनि समस्याहरु अझै रहेको बताउनुभयो । कटुवालले सानो व्यवसाय, छरिएर रहेका व्यवसायी र सरकारले ओझेलमा पारेको व्यवसायका कारण तत्काल ती नीतिहरु पालना गर्न सकिने अवस्था नरहेको समेत बताउनुभयो ।

अध्यक्ष कटुवालले व्यवसायको व्यवस्थापन, पूँजी, बजार समस्या समाधान र प्रविधि परिवर्तन गरी अगाडी बढ्न सबै व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।