कोरोनाबारे उत्पन्न गरिएका हल्ला र प्रचारबाजीमा नलाग्न गृह मन्त्रालयको आग्रह | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०८१, बुधवार

कोरोनाबारे उत्पन्न गरिएका हल्ला र प्रचारबाजीमा नलाग्न गृह मन्त्रालयको आग्रह

home monistry

काठमाडौं, २४ फागुन । गृह मन्त्रालयले कोरोनाभाइरसबारे उत्पन्न गरिएका विभिन्न प्रकारका हल्ला र प्रचारबाजीमा नलाग्न आग्रह गरेको छ ।

शनिबार सूचना जारी गरेर गृह मन्त्रालयले कोरोनाबारे भ्रमपूर्ण समाचारको पछि नलाग्न सचेत गराएको हो । हालसम्म नेपालमा कोरोना संक्रमण भएका व्यक्तिहरू पत्ता नलागेको र यसको प्रसाव समुदायमा नभएको अवस्थामा उत्पन्न गरिएका विभिन्न प्रकारका हल्ला र प्रचारबाजीका पछाडि नलाग्न सूचनामा भनिएको छ।

कोरोनाबारे अनावश्यक भ्रम फैलाएर उपभोग्य वस्तु कालो बजारी नगर्न गृहको सुझाव छ । साथै, बढी भीडभाड हुने स्थानमा नजान पनि सबैलाई मन्त्रालयले सुझाव दिएको छ । मन्त्रालयले कोरोना भाइरससँग सचेत हुनुपर्ने तर अत्तालिनु जरूरी नभएको जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);