प्रतिनिधिसभा : संसद बैठक स्थगित र तत्काल विद्यालय बन्द गर्न सांसदको माग | ईमाउण्टेन समाचार

Our Network

फागुन ७ २०८१, बुधवार

प्रतिनिधिसभा : संसद बैठक स्थगित र तत्काल विद्यालय बन्द गर्न सांसदको माग

samsad

काठमाडौं, २३ फागुन । सांसदहरुले बिश्वभरी कोरोना भाइरसको सन्त्रास फैलिएको बेला बिना कुनै तयारी संसद बैठक संचालन भएको भन्दै बैठक स्थगित गर्न माग गरेका छन ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकको सुन्य समयमा सांसद प्रदिप यादवले विश्वभरी कोरोना भाइरसको सन्त्रास फैलिएका बेला बिना कुनै तयारी सञ्चालन हुने संसद बैठक स्थगित गर्न माग गर्नुभयो ।उहाँले सरकारले सभा सम्मेलन र बढी मान्छे सहभागि हुने कार्यक्रम नगर्न सूचना जारी गरेपनि २ सय ७५ जना सांसद एकै ठाउँमा सहभागि हुने बैठकमा कुनै हेल्थ डेस्क समेत नभएको भन्दै बैठक स्थगित गर्न माग गर्नुभएको हो ।

सांसद पुष्पा भूसालले जिल्ला प्रशासन कार्यालयले भिडभाडमा नजानु, धेरै मान्छे जम्मा हुने कार्यक्रम नगर्नु भनेर परिपत्र गर्दा पनि सरकारले ५ गतेसम्म विद्यालय बन्द नगर्नु भनेर सूचना निकालकोप्रति आपत्ति जनाउनुभयो । उहाँले प्रशासनले भिडभाडमा नजानु भनेर परिपत्र गर्दा पनि सरकारले ५ गतेसम्म विद्यालय निर्वाध रुपमा सञ्चालन गर्नु भनेकाले लाखौँ बालकालिकाहरु जोखिमको यात्रा गर्न बाध्य भएको बताउनुभयो ।सांसद भुषालले तत्काल बिद्यालयहरु बन्द गर्न समेत माग गर्नुभयो ।

सुन्य समयमा बोल्ने अन्य सांसदहरुले पनि कोरोना भाइरसबारे सतर्ककता अपनाउन सरकारलाई सुझाव दिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);