माले महासचिव सीपी मैनाली खतरामुक्त | ईमाउण्टेन समाचार

Our Network

पुष ३ २०८१, बुधवार

माले महासचिव सीपी मैनाली खतरामुक्त

cp mainali khataramukta

काठमाडौं, १६ फागुन । नेपाल कम्युनिस्ट पार्टी (माले) का महासचिव सीपी मैनालीको अवस्था  खतरामुक्त रहेको काठमाडौं स्थित ग्राण्डी अस्पतालले जनाएको छ । बिहीबार झापाबाट फर्किने क्रममा महोत्तरीको बर्दिबासमा कार दुर्घटनामा परेर घाइते भएका मैनालीलाई सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो ।

अस्पतालका अनुसार थाई बोनको अपरेसन पछि मैनाली खतरामुक्त हुनुहुन्छ । उहाँकी बुहारीको खुट्टाको अपरेसन र चालकको नाकको हड्डी भाँचिएकाले उपचार गरिएको छ । दुर्घटनामा घाइते भएका मैनालीका छोरा सरोज, बुहारी पूजा ढुंगाना मैनाली, पाँच वर्षीय नाति एन मैनाली र चालक रामप्रसाद पौडेले सबै जनाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

झापाबाट काठमाडौं आउन लागेका मैनाली सवार बा७च २१३० नम्बरको कारलाई ना४च ७६६८ नम्बरको पिकअपले महोत्तरीको बर्दिबास नगरपालिका कालोपानीमा बिहिबार ठक्कर दिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);