काठमाण्डौ, २ असोज । नेपाली चलचित्रसँगै मोडलिङलाई पनि सन्तुलित रुपमा अगाडि बढाईरहेकी नायिका प्रियंका कार्की अब दोहोरी गीतमा समेत देखिएकी छिन् ।
अभिनय गर्नु नै आफ्नो धर्म भएको बताउने प्रियंकाले पहिलो पटक दोहोरी गीतमा कम्मर मर्काएकी हुन् । नबिन भट्टराई र प्रिया भण्डारीको आवाजमा रहको ‘नसोध कसैले’ बोलको गीतमा प्रियंका र जीवन भट्टराईले कम्मर मर्काएका हुन् ।
संगीतकार शिब सुबेदीको शब्द तथा संगीत रहेको गीतको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् भने राजिब समीरको कोरियोग्राफी रहेको छ ।
युरोपमा बस्दै आएका शिब सुबेदीले यस अघि पनि घामजस्तो चम्किलो जून हुँदैन, आमा तिम्रो दूधको भारा, कल्पनामै भएनी जस्ता लोकप्रिय गीतहरु दर्शक, श्रोतामाझ ल्याईसकेका छन् ।