दिल्लीमा भड्किएको हिंसामा मृत्यु हुनेको संख्या ३४ पुग्यो, २ सय ५० बढी घाईते | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

दिल्लीमा भड्किएको हिंसामा मृत्यु हुनेको संख्या ३४ पुग्यो, २ सय ५० बढी घाईते

एजेन्सी, १५ फागुन । नागरिकता संशोधन कानुनको समर्थक र विरोधी समूहबीच भारतको नयाँदिल्लीमा भड्किएको हिंसामा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

भारतीय स्वास्थ्य विभागका अधिकारीले दिएको जानकारी अनुसार अहिलेसम्म हिंसामा मृत्यु हुनेको संख्या ३४ पुगेको छ । दिल्लीको जीटीबी अस्पतालमा ३० जना र एलएनजेपी अस्पतालमा दुई घाइतेको मृत्यु भएको जनाइएको छ ।

केही दिनदेखि दिल्लीको उत्तर पूर्वी क्षेत्रमा मच्चाइएको हिंसामा परी २ सय ५० जना भन्दा बढी मानिस घाइते भएका छन् । मंगलवार र बुधवारको तुलनामा बिहिवार दिल्ली शान्त रहेको जनाइएको छ ।

तर दिल्लीका मानिसमा डर त्रास कायमै रहेको छ । नागरिकता संशोधन कानुनविरुद्ध सडक अवरुद्ध गर्न पुगेका प्रदर्शनकारीविरुद्ध उक्त कानुनको समर्थकहरु सडकमा उत्रिएपछि आइतबार हिंसा भड्किएको थियो ।

नागरिकता संशोधन कानूनको आलोचकहरुले नयाँ कानुनी व्यवस्थाले मुस्लिम समुदायमाथि विभेद गरेको र भारतको धर्मनिपेक्ष संविधानलाई कमजोर बनाएको टिप्पणी गर्दै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);