कालापानी क्षेत्रमा भारतीय पक्षले सडक निर्माण गरकोबारे सरकारको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कालापानी क्षेत्रमा भारतीय पक्षले सडक निर्माण गरकोबारे सरकारको ध्यानाकर्षण

Bhim-rawal

काठमाडौं, १३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसद भीम रावलले कालापानी क्षेत्रमा भारतीय पक्षले सडकबाटो निर्माण गरिरहेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै रावलले सुदूरपश्चिमको दार्चुलामा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारती पक्षले नेपाली भूमिमा बाटो निर्माण गरिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

स्थानीय प्रशासन र सरकारी पहलका कारण बाटो भत्काउने काम भएपनि भारतले नेपाली भूमिमा बाटो निर्माण गरी व्यापक रुपमा आफ्ना कर्मचारी र मानिसहरुलाई त्यहाँ उपस्थित गराउने काम गरेको भन्दै यसतर्फ सरकारले चाँडो आफ्नो कदम चाल्नुपर्ने बताउनुभयो ।

सरकारले सीमा सुरक्षाका लागि सीमा सुरक्षा चौकीहरु थप गर्ने घोषणा गरेअनुसार तदारुकताका साथ काम अगाडी बढाउन आग्रह गर्नुभयो । तिंकरमा बसोबास गर्ने नागरिकहरु चिसो मौसममा भारतीय बाटो हुँदै सदरमुकाम आउने गरेको प्रशंग उल्लेख गर्दै रावलले नेपाली भूमिमा तत्काल सडक निर्माण गर्न सक्ने अवस्था नभए घोरेटो बाटो निर्माण गर्न माग गर्नुभयो ।

नेपाली भूमिमा रहेका भारतीय सुरक्षाकर्मी हटाउने विषयमा सबै राजनीतिक दलहरुबीच राष्ट्रिय सहमति भएको उल्लेख गर्दै उहाँले सोही अनुसार अगाडी बढ्न पनि सरकारलाई आग्रह गर्नुभयो ।

प्रवुद्ध व्यक्तिहरुले तयार पारेको प्रतिवेदन भारतले बुझेको विषयमा कुनै जवाफ नआएको सन्दर्भमा सरकारको ध्यानाकर्षण गराउनुभयो । नेपाली भूमिको रक्षाका लागि नागरिकताको विषयमा महत्पूर्ण भएको उल्लेख गर्दै रावलले नयाँ कानून अभावमा नागरिकता पाउनुपर्ने धेरै व्यक्तिले नागरिकता नपाएको र तत्काल नागरिकता विधेयक अगाडी बढाउन आग्रह गर्नुभयो ।

दक्षिण कोरियामा पनि कोरोना भाइरसको संक्रमण देखिएको भन्दै रावलले त्यहाँ रहेका नेपाली नागरिकहरुको विषयमा सरकारले अहिलेबाट नै ध्यान दिनुपर्ने बताउनुभयो ।

ठूलो संख्यामा त्यहाँ नेपालीहरु रहेकाले चीनबाट स्वदेश फर्काउने जस्तो सजिलो नभएको भन्दै उहाँले यसतर्फ सरकरको ध्यान जानु आवश्यक रहेको बताउनुभयो ।

रावलले पार्टी र अख्तियार दुरपयोग अनुसन्धान आयोगको काम कारवाहीको भने बचाउ गर्नुभएको छ । ललिता निवास प्रकरणमा नेकपा र अख्तियारले पूर्वाग्रह राखेको भन्ने आरोप लागिरहेका बेला रावलले यसको बचाउ गर्नुभएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);