काठमाडौं, ११ फागुन । नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन ७८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यसैगरी, तेजाबी सुनको मूल्य ७८ हजार ३ सयमा कारोबार भएको जनाएको छ । यस्तै चाँदीको मूल्य प्रतितोला ९ सय २० रुपैयाँ पुगेको छ। अहिले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको छ।
विश्व बजारमा सुनको मूल्य बढ्नुमा शक्तिशाली राष्ट्रबीचको तनावको प्रभावलाई लिइएको छ । पछिल्लो समय अमेरिका, इरान, भारत र उत्तरकोरियाबीचको सम्बन्धले विश्व आर्थिक बजार तातेको छ ।
आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १६ सय ४४ अमेरिकी डलरमा कारोबार भएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले सुनको मूल्य अझै बढ्ने जनाएका छन् ।