काठमाडौं, ११ फागुन । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बीमा दावीको भूक्तानी समयमा नगर्ने बीमा कम्पनीलाई कारबाही गरिने बताउनु भएको छ ।
आइतबार राष्ट्रिय बीमा संस्थानको ५३ औं वार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री खतिवडाले बीमा कम्पनीहरुले दावी भुक्तानी समयमा नगर्ने भएकाले बिमितहरु समस्यामा परेको बताउनुभयो । उहाँले अवदेखि समयमा भूक्तानी नगर्ने कम्पनीलाई नियामक निकायले कारबारही गर्ने उल्लेख गर्नुभयो ।
अर्थमन्त्री खतिवडाले बीमा कम्पनीहरुले ठुलाठुला ग्राहक खोज्ने ठुल्ठुला कारोबार मात्रै गर्ने सानातिना बीमा गर्नुपर्ने व्यवसायलाई हेर्दै नहेर्ने प्रवृतिको अन्त्य गर्न समेत आग्रह गर्नुभयो । उहाँले सरकारले विपन्न वर्गका नागरिकलाई स्वास्थ्य बीमामा पहुँच पु¥याउन १ लाख सम्मको बीमाको प्रिमियम निशुल्क गरेको र गत वर्ष २ अर्ब रकम खर्च गरेकाले बीमा कम्पनीहरुले पनि त्यसतर्फ ध्यान दिनु पर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले बीमा कम्पनीहरुले सबै क्षेत्रको जोखिम बोक्ने भएकाले बीमा क्षेत्रमा संस्थागत सुशासन र जोखिम व्यवस्थापन सबैभन्दा महत्वपूर्ण हुने बताउनुभयो ।
अध्यक्ष चापागाईंले राष्ट्रिय बीमा संस्थान लगायत राष्ट्रिय बीमा कम्पनीको लामो समय देखिको लेखापरिक्षण समपन्न हुन नसकेको र त्यसलाई छिटो भन्दा छिटो सम्पन्न गर्न समेत निर्देशन दिनुभयो ।