त्रिभुवन विमानस्थलमा रोबोट मार्फत यात्रुलाई सेवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

त्रिभुवन विमानस्थलमा रोबोट मार्फत यात्रुलाई सेवा

काठमाडौं, ८ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोबोट मार्फत यात्रुलाई सेवा दिन थालिएको छ । संस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बिहीबार एक कार्यक्रमबीच रोबोट सेवाको उद्घाटन गर्नुभएको हो ।

‘पर्यटन परी’ नाम दिइएको दुईवटा रोबोटहरुले बिमानस्थलमा यात्रुलाई अभिवादन गर्ने काम गर्नेछन् । त्यस्तै रोबोटमा सेट गरिएअनुसारका सूचना टच स्क्रिनमार्फत उपलब्ध गराउने छन् ।

रोबोटहरु विमानस्थलको आगमन र प्रस्थान कक्षमा राखिने छ । रोबोटहरुले अंग्रेजी र चिनियाँ भाषामा संवाद गर्ने र पर्यटकहरुलाई नेपालका पर्यटन गन्तव्य भिषा प्रक्रिया लगायतका विषयमा जानकारी गराउने छन् ।

रोबोट सेवाको उद्घाटन गर्दै मन्त्री भट्टराईले विमानस्थल प्रविधि मैत्री र आधुनिक बन्दै गएको बताउनुभयो । उहाँले यात्रुहरुलाई बिमानस्थालको भिन्दै पहिचान दिने र नेपाल पनि प्रविधिमा फड्को मार्दैछ भन्ने सन्देश दिने बताउनुभयो ।

मन्त्री भट्टराईले रोबोट सेवा प्रभावकारी भएमा निर्माण हुँदै गरेका अन्य अन्तर्राष्ट्रिय विमानस्थलमा समेत स्थापित गर्ने बताउनुभयो । रोबोटको सञ्चालन मन्त्रालय, नेपाल भ्रमण वर्ष सचिवालय, नेपाल पर्यटन वोर्ड र नेपाल नागरिक उड्डयान प्राधिकरणको संयुक्त प्रयासमा गरिएको हो । रोबोटको लागत प्रतिरोबोट २० लाख रुपैयाँ रहको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);