अफगानिस्तानको राष्ट्रपतिमा असरफ घानी पुनः निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

अफगानिस्तानको राष्ट्रपतिमा असरफ घानी पुनः निर्वाचित

Afghanistan Elections

एजेन्सी , ७ फागुन । अफगानीस्तानको राष्ट्रपतिमा वर्तमान राष्ट्रपति असरफ घानी निर्वाचित भएका छन् । चुनाव सकिएको झन्डै पाँच महिनापछि अफगानिस्तानको निर्वाचन आयोगले वर्तमान राष्ट्रपति असरफ घानी निर्वाचित भएको घोषणा गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

स्वतन्त्र निर्वाचन आयोगका अनुसार गत सेप्टेम्बर २८ मा भएको राष्ट्रपतीय चुनावमा घानीले ५० दशमलव ६४ प्रतिशत मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी वर्तमान प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाहले ३९.५२ प्रतिशत मत प्राप्त गरेको आयोगले जनाएको छ ।

धाँधली गरेको आरोप लागेपछि पुनः मतगणाना भएकाले परिणाम सार्वजनिकमा ढिलाइ भएको हो । आन्तरिक गृहयुद्धमा फसेको अफगानिस्तानमा पछिल्लो पाँच वर्ष एकताको सरकारको नाममा घानी र अब्दुल्लाहले शक्ति बाँडफाँड गर्दै आएका छन् ।

यसअघि सन् २०१४ मा भएको राष्ट्रपतीय निर्वाचनमा व्यापक धाँधली भएको आरोप लागेपछि अमेरिकाको नेतृत्वमा अफगानिस्तानमा एकताको सरकार गठन गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);