काठमाडौं, ६ फागुन । बागमती प्रदेशको नामाकरण टुङ्गिएको महिना दिन बितिसक्दा पनि प्रदेश मातहतका निकायहरुले कार्यान्वयन गरेका छैनन् ।
संघीयताको अभ्यास हुँदै गर्दा प्रदेशहरुको नामाकरण र स्थायी मुकामको टुंगो लगाउने जिम्मा प्रदेशको हो । नामाकरण भएको बागमती प्रदेश सभाले एक महिना अघि आफ्नो नामाकरण गरेको हो ।
तर नामाकरण भएपनि धेरै मातहतका निकायले पुरानै साइबोर्ड प्रयोग गरिरहेका छन् । तर सरकारी अधिकारीहरु भने प्रदेश नामाकरणको कार्यान्वन नभएको विषयमा हलुका जवाफ दिन्छन् ।
प्रदेश मातहतको स्थानीय सरकारले मात्रै होइन, अन्य प्रदेश मातहतका निकायले पनि कार्यान्वयन गरेका छैनन् । प्रदेश अन्तरगतको कृषि ज्ञान केन्द्र ललितपुरले पनि प्रदेश नामाकरणपछि कार्यान्वयन गरेको छैन । किन कार्यान्वयन नभएको भन्ने प्रश्नमा केन्द्रका सूचना अधिकारी दिनेश जर्मरकट्टेलले अब चाँडै कार्यान्वयन गरिने प्रतिवद्धता जनाउनु भएको छ ।
ललितपुर महानगरपालिका र ललितपुरस्थित कृषि ज्ञानकेन्द्रले मात्रै कार्यान्वयन नगरेका होइनन् । थुप्रै प्रदेश मातहतका निकायहरुले पनि प्रदेश नामाकरणको कार्यान्वयन गरेका छैनन् ।