काठमाडौं, ३ फागुन । आपराधिक क्रियाकलापमा संलग्नलाई समात्न सिसी क्यामेरा महत्वपूर्ण साधन बन्न थालेको छ। प्रहरीका अनुसार सानाठूला अपराधमा संलग्नहरू सिसी क्यामेराकै सहायताले पक्राउ पर्दै आएका छन्। सीसी क्यामेरामा कैद भएका फुटेजको सहयोगमा फरार अभियुक्तलाई प्रहरीले समातेर कारबाहीको दायरामा ल्याएका उदाहरण धेरै छन्।
कतिपय शंकास्पद घटनाको पुष्टि गर्न पनि सीसी क्यामेराकै प्रयोग हुने गरेको छ। यसको एउटा ज्वलन्त उदाहरण हो– माघ २४ गते शुक्रबार बिहान भएको कलंकीको अन्डरपासको दुर्घटना। त्यहाँ बा४ख ८५७९ नम्बरको टिपरले ठक्कर दिँदा प्रदेश २–०३००४ प ५५० नम्बरको मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै ज्यान गएको थियो। ठक्करपछि टिपर भोको थियो। तर प्रहरीले सोही दिन दिउँसोपख सिसीटीभी फुटेजका आधारमा टिपर र चालकलाई नियन्त्रणमा लियो।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी जीवनकुमार श्रेष्ठले सीसी क्यामेरो अपराध र दुर्घटनाको तथ्य पत्ता लगाउन अचुक प्रमाण बनेको बताए। उनका अनुसार काठमाडौंका सबैजसो मुख्य चोक सिसी क्यामेरा जडित छन्। ती क्यामेराले ट्राफिक नियम मिच्नेलाई मात्र होइन, अन्य आपराधिक कार्यमा संलग्नलाई समात्न पनि सघाउ पु¥याएका छन्। उपत्यकामा अहिले एक हजार ६ सय ८४ स्थानमा सिसी क्यामेरा जडान गरिएका छन्।
यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।