कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १४ सय ९१ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

पुष २५ २०८१, बिहीबार

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १४ सय ९१ पुग्यो

corona 1491 dead

एजेन्सी, २ फागुन । चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक हजार ४ सय ९१ पुगेको छ । चिनियाँ स्वास्थ्य आयोगले अहीलेसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक हजार ४ सय ९१ पुगेको जानकारी दिएको हो ।

त्यसमध्ये हङकङ, फिलिपिन्स र जापानका एक–एक जनाको मृत्यु भएको छ । आयोगले दिएको जानकारी अनुसार मृत्यु हुने र संक्रमितको संख्यामा कमी हुदै गएको छ । बुधबार मात्रै गत डिसेम्बरमा संक्रमण देखिएयताकै सबैभन्दा धेरै २सय ४२ जनाको मृत्यु भएको थियो भने करिब १५ हजार संक्रमित थपिएका थिए ।

त्यस्तै बिहीबार चीनमा मात्रै थप चार हजार ८ सय ५४ जनामा संक्रमण देखिएको थियो । त्यसको तुलनामा शुक्रवार संक्रमितको संख्या घटेको जनाइएको छ । बिहीबार नै जापानमा ५०, सिंगापुरमा ८, हङकङमा ३, अमेरिकामा २ र मलेसिया र भियतनाममा १–१ जनामा संक्रमण देखिएको थियो ।

त्यसैगरी शुक्रबारसम्म विश्वरभर संक्रमितको संख्या ६५ हजार २सय ४७ पुगेको छ । उपचारमा नयाँ विधि लागू गरिएपछि थप संक्रमित पहिचान भएको चीनको स्वास्थ्य आयोगका अधिकारीले बताएका छन ।

कोरोना भाइरस फैलिएको हुवेई प्रान्तको वुहानस्थित दुई अस्पतालमा उपचाररत बिरामीको उपचार गर्ने जिम्मेवारीसहित थप दुई हजार ६ सय सैन्य स्वास्थ्य अधिकारी पनि खटाइएको चिनियाँ स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);