इरानमाथि आक्रमण गर्न सक्ने ट्रम्पको अधिकार सिमित | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

इरानमाथि आक्रमण गर्न सक्ने ट्रम्पको अधिकार सिमित

trump senate

एजेन्सी, २ फागुन । अमेरिकी माथिल्लो सदन सिनेटले संसदको अनुमोदन विना नै इरानमाथि आक्रमण गर्ने राष्ट्रपतिको अधिकार सिमित गरेको छ । इरानमाथि आक्रमण गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पलाई संसदकोे अनुमोदन आवश्यक पर्ने सम्बन्धी प्रस्ताव सिनेटबाट ५५–४५ को मतले पारित भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

ट्रम्पले इरानबाट अमेरिकामा आक्रमणहुन सक्ने चेतावनी दिएपछि सिनेटले युद्धका लागि राष्ट्रपतिको अधिकार कटौती गर्ने प्रस्ताव अघि सारेको थियो । उसअघि नै ट्रम्पले इरानको सेनाका जनरलको हत्या गर्न निर्देशन दिएपछि अमेरीकी तल्लो सदन हाउस अफ रिप्रेन्जेटेटिभ्सले गत जनवरीमा राष्ट्रपतिको अधिकार कटौती गर्ने प्रस्ताव पारित गरेको थियो ।

रिपब्लिकनहरूकै बहुमत रहेको सिनेटले त्यसको अनुमोदन गरेको हो । उक्त विधेयक ह्वाइट हाउसमा पुगेपछि राष्ट्रपति ट्रम्पले त्यसमाथि भिटो अर्थात विशेषअधिकार प्रयोग गर्ने संभावना भने रहेको विश्लेकषहरुले बताएका छन् ।

सिनेटमा आठ जना रिपब्लिकनहरूले इरानविरुद्ध सैन्य कारबाही चलाउनु पूर्व राष्ट्रपति ट्रम्पले संसददको अनुमोदन लिनुपर्ने पक्षमा मत दिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);