चीनमा कोरोना 'कोभिड १९'बाट मृत्यु हुनेको संख्या १३ सय नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

चीनमा कोरोना ‘कोभिड १९’बाट मृत्यु हुनेको संख्या १३ सय नाघ्यो

wuhan-coronavirus

एजेन्सी, १ फागुन । चीनमा कोरोना भाइरस ‘कोभिड १९’बाट मृत्यु हुनेको संख्या १३ सय ५० पुगेको छ । चीनको हुबे प्रान्तमा २४ घण्टाभित्र थप २ सय ४२ जनाको मृत्यु भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

योसंगै कोरानाभाइरसबाट मृत्युहुनेको संख्या १३ सय ५० पुगेको हो । उक्त रोगबाट संक्रमितको संख्या ६० हजार पुगेको छ । कोभिड-१९ नाम दिइएको उक्त रोगको प्रकोप फैलिएपछि एकै दिनमा मृत्यु हुनेकोे यो सवैभन्दा धेरै संख्या हो ।

यसैबीच चिनियाँ कम्युनिस्ट पार्टीले हुबे प्रान्तका सचिवलाई हटाएर शांघाइका पार्टी प्रमुखलाई त्यहाँ पठाएको चिनीयाँ सञ्चारमाध्यमले जनाएका छन्।

हुबेमा कोरोनाभाइरसको प्रकोप फैलिएपछि पार्टी पदाधिकारीहरूमा गरिएको यो सबैभन्दा ठूलो परिवर्तन हो । केही दिनअघि सरकारले स्वास्थ्यसेवाबाट केही अधिकारीहरूलाई पदमुक्त गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);