सिन्धुपाल्चोकमा कोरोना भाइरसको लक्षणसँग मिल्ने स्वास्थ्य समस्या | ईमाउण्टेन समाचार

Our Network

माघ १५ २०८१, मंगलबार

सिन्धुपाल्चोकमा कोरोना भाइरसको लक्षणसँग मिल्ने स्वास्थ्य समस्या

Sindhupalchowk

सिन्धुपाल्चोक, २९ माघ ।  सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ का केही व्यक्तिमा कोरोना भाइरसको लक्षणसँग मिल्ने स्वास्थ्य समस्या देखिएको छ । गएको बिहीबारदेखि कोरोनासँग मिल्दोजुल्दो रुघाखोकी र अत्यधिक ज्वरोले वडाका केही जना थलिएका गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

गाउँपालिकाले बिरामी भएका गुम्बामा स्वास्थ्यकर्मीसहित औषधि र माक्स पठाइसकेको स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । बिरामी भएका व्यक्तिलाई अरुसँग सम्पर्कमा नआउन र छुट्टै बस्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले रोग पहिचानका लागि विशेषज्ञ टोली पठाउन प्रदेश ३ सामाजिक विकास मन्त्रालय, प्रशासन र स्वास्थ्य कार्यालयमा अनुरोधसहित पत्र पठाइएको जानकारी दिनुभयो ।
sindhupalchok_patra

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);