जिल्ला आयुर्वेद केन्द्र बाजुरामा बिरामीको संख्या बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

जिल्ला आयुर्वेद केन्द्र बाजुरामा बिरामीको संख्या बढ्यो

बाजुरा, २८ माघ । पहिले पहिले जिल्ला आयुर्वेद केन्द्र बाजुरामा बिरामीको आवत जावत शून्य हुन्थ्यो । जिल्लावासीलाई नै त्यहाँ उपचार हुन्छ र औषधी पाइन्छ भन्ने थाहा थिएन । तर पछिल्लो समय केन्द्रमा उपचार गर्न आउने बिरामीको चाँप बढेको छ ।

पछिल्लो समयमा आयुर्वेद स्वास्थ्य केन्द्रले आफ्नो सेवा प्रभावकारी बनाएपछि उपचार गर्नेको संख्यामा वृद्धि भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराले निशुल्क उपचार सेवा प्रदान गर्न थालेपछी बिरामीको चाप बढेको हो । अहिले दैनिक सरदर १५ जनासम्म उपचारमा आउने गरेको केन्द्रको भनाई छ ।

केन्द्रको उपचारमा बाजुरावासी समेत सन्तुष्ट देखिएका छन् । अस्पतालमा धाएर निको नभएको समस्या केन्द्रमा गएपछी निको भएपछी स्थानियमा केन्द्रप्रतिको आकर्षण बढ्दै गएको छ । केन्द्रमा बाथ, अम्लपत्ति, दम, खोकी, नसाको समस्या भएका बिरामीहरुको उपचार प्रभावकारी देखिएको छ ।

यस बाहेक केन्द्रमा सुनौला हजार दिनका आमालाई दुध बढाउने औषधि र जेष्ठ नागरिकको लागी रसायन औषधि बितरण गर्ने गरिएको छ । अस्पतालमा ओपिडी सेवा, पुर्व कर्म, पञ्चकर्म सेवा र औषधि बितरण हुने गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);