दिल्ली निर्वाचनको मतगणनामा आम आदमी पार्टीको अग्रता | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

दिल्ली निर्वाचनको मतगणनामा आम आदमी पार्टीको अग्रता

aam aadmi party leads

एजेन्सी, २८ माघ । भारतको दिल्ली बिधानसभा निर्वाचनको मतगणनामा आम आद्मी पार्टीले अग्रता बनाएको छ । दिल्ली विधानसभा चुनावको पूरा परिणाम आइनसके पनि प्रारम्भिक मतपरिणामअनुसार आम आदमी पार्टीले ७० सिटमध्ये १ सिट जितिसकेको छ भने ५६ सिटमा अग्रता बनाएको छ ।

भारतीय जनता पार्टी भाजपा १३ सिटमा अगाडि रहेको छ। भारतीय कांग्रेस पार्टी भने एक सिटमा पनि अगाडि छैन। दिल्ली विधानसभाको निर्वाचन यही फेब्रअरी ८ मा भएको थियो । मतगणनामा आम आदमीले अग्रता लिएसंगै उसले फेरी एकपटक बहुमतका साथ सरकार बनाउने निश्चित भएको छ ।

पछिल्ला ५ वर्षमा मुख्यमन्त्री अरविन्द केजरीवाल नेतृत्वको सरकारले दिल्लीमा खानेपानी, बिजुली, शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम गरेको छ। त्यसको फाइदा उसलाई यो चुनावमा पुगेको बिश्लेषण गरिएको छ । सन २०१५ को चुनावमा ३ सिटमा समेटिएको भाजपाले यस पटक केही सुधार गरे पनि उसले दाबी गरेअनुसारको मत भने प्राप्त गर्न सकेन।

२२ वर्षपछि दिल्लीको सत्तामा फर्कने सपना देखेको भाजपा यस पटक पनि पूरा नहुने पक्का भएको छ। २०१५ मा भएको दिल्ली विधानसभा चुनावमा आम आदमी पार्टीले ७०मध्ये ६७ सिटमा जित हात पारेको थियो। भाजपाले तीन सिटमा जित हात पार्दा कांग्रेस भने खाली हात भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);