दिल्लीमा सम्पन्न विधानसभा चुनावको मतगणना सुरु | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

दिल्लीमा सम्पन्न विधानसभा चुनावको मतगणना सुरु

delhi_election_results

एजेन्सी, २८ माघ  भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न विधानसभा चुनावको मतगणना आजदेखि सुरु भएको छ । दिल्ली विधानसभाको ७० सिटका लागि गत शनिवार सम्पन्न भएको मतदानको मतगणना आजदेखि सुरु भएको हो ।

मतगणना केन्द्रहरुको बाहिर कडा सुरक्षा व्यवस्था गरिएको र मतगणना पारदर्शी बनाउन सबै गणनास्थलमा सीसीटीभी क्यामेरा जडान गरिएको बताइएको छ ।

सुरुवाति मतपरिणाममा आम आदमी पार्टीले अग्रता लिएको छ । सुरुवाति नतिजामा आम आदमीले ४५ भन्दा बढी सिटमा अग्रता लिएको छ । यस्तै भाजपाले १० भन्दा बढी सिटमा अग्रता लिएको छ । मतदानपछिका अधिकांश सर्वेक्षणहरुले सत्तारुढ आम आदमी पार्टी नै फेरि दिल्लीको सत्तामा आउने देखाएका छन् । गएको विधानसभा चुनावमा आम आदमी पार्टीले ७० मध्ये ६७ सिट जितेको थियो ।

दिल्लीमा आम आदमी, केन्द्रमा सत्तामा रहेको भारतीय जनता पार्टी र केन्द्रमा विपक्षमा रहेको कांग्रेसबिच मुख्य प्रतिस्पर्धा छ । तर कांग्रेस भने दिल्लीमा आफ्नो अस्तित्व मेटिन नदिनका लागि संघर्षमा रहेको छ । यसअघिको विधानसभामा उसले एक सिट पनि जितेको थिएन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);