स्वास्थ्यका कर्मचारी निर्वाचनमा : उपचार अभावमा बालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

भदौ २६ २०८३, शनिबार

स्वास्थ्यका कर्मचारी निर्वाचनमा : उपचार अभावमा बालकको मृत्यु

काठमाडौँ, २ असोज । स्वास्थ्य सेवाका कर्मचारी निर्वाचनमा खंटिदा जिल्लाको सम्पुर्ण सरकारी स्वास्थ्य सेवा ठप्प हुनुका साथै उपचार पाउन नसक्दा एक बालकको ज्यान गएको छ।

निर्वाचन आयोगले स्वास्थ्य क्षेत्रका सम्पुर्ण कर्मचारीलाई मतदान केन्द्रमा पठाएपछि स्वाथ्य सेवा प्रभावित भएको हो।

उपचार नपाएर राजदेवी नगरपालिका ४ मुडबलवाका प्रमोद महातोका तीन बर्षको छोरा शुभम महतोको मृत्यु भएको हो। आजको नागरिक दैनिकमा खबर छ।