ट्राफिक नियम उल्लंघन गर्ने २० हजारभन्दा बढीलाई कारबाही | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

ट्राफिक नियम उल्लंघन गर्ने २० हजारभन्दा बढीलाई कारबाही

traffic karbahi

काठमाडौं, २६ माघ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालु आर्थिक वर्षको ६ महिनामा ट्राफिक नियम उल्लंघन गर्ने २० हजार ४ सय ३३ जनालाई कारबाही गरेको जनाएको छ । महाशाखाले आइतबार पत्रकार सम्मेलन गरी साउन यता २० हजार ४ सय ३३ जना सवारी चालकहरुलाई कारबाही गरेको जनाएको हो ।

महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरिक्षक भीम प्रसाद ढकालले जथाभावी पार्किङ गर्ने, सवारी मोडने, ढोका खुल्ला राख्ने, एकतर्फी बाटोमा सवारी प्रवेश गराउने, हर्न बजाउने, लेन अनुशासन पालन नगर्ने लायतका सवारीचालकहरुलाई कारबाही गरिएको जानकारी दिनुभयो ।

ढकालले पुष १ गतेदखि सञ्चालन गरिएको ट्राफिक उज्यालो कार्यक्रम अन्तर्गत ८१ हजार २ सय ८९ जनालाई ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना लगायतका विषयमा शिक्षा दिएको समेत बताउनुभयो । उहाँले ६ महिनामा दुई चरणमा ९ सय जना स्वयंसेवक परिचालन गरिएको, यात्रुमैत्री अभियान शुरु गरिएको, ट्राफिक जाम कम गर्न विभिन्न प्रयास गरिएको समेत जानकारी दिनुभयो ।

त्यस्तै उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज, व्यवस्थित र चुस्त बनाउन प्रविधिमैत्री ट्राफिक व्यबस्थापनमा प्राथमिकता दिइएको पनि ढकालले बताउनुभयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);