कैलाली, २५ माघ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले धनगढी विमानस्थल विस्तारसंगै मझगाउँ र टीकापुरलाई पनि सञ्चालनमा ल्याउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
धनगढीमा शनिबार आयोजना गरिएको धनगढी विमनास्थल गुरु योजना प्रस्तुतीकरण कार्यक्रममा मन्त्री भट्टराईले विस्तारसंगै बन्द अवस्थामा रहेका विमानस्थल सञ्चालनमा पनि सरकार प्रतिवद्ध रहेको बताउनु भएको हो ।
विमानस्थल सुदूरपश्चिमको आर्थिक एवं पर्यटकीय विकाससंग जोडिएकाले त्यसको स्तर बृद्धिका लागि काम गरिरहेको उहाँको भनाई थियो ।
विमानस्थल स्तरोन्नतीका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण लगायतका प्रक्रिया छिट्टै थालिने मन्त्री भट्टराईले जानकारी दिनुभयो ।
यस्तै लामो समयदेखि बन्द अवस्थामा रहेको कञ्चनपुरको मझगाउँ र कैलालीको टीकापुर विमानस्थल पुनः सञ्चालनका लागि पहल भईरहेको पनि मन्त्री भट्टराईको दावी थियो ।