एजेन्सी, २५ माघ । भारतको राजधानी दिल्लीमा आज विधानसभाका ७० सिटका लागि मतदान सुरु भएको छ। बिहान ८ बजेदेखि सुरु मतदान साँझ ५ बजेसम्म जारी रहनेछ ।
अरविन्द केजरीवालको आम आदमी पार्टीको सत्ता रहेको दिल्लीमा करिव एक रोड ५० लाख मतदाता रहेका छन् । केन्द्रमा सत्तामा रहेको भारतीय जनता पार्टी भाजपाले अरु राज्यमा जस्तै दिल्लीमा पनि राष्ट्रियताको मुद्दालाई आफ्नो चुनावी अभियानको केन्द्रमा राखेकाले आम आदमी र भाजपाबीच उच्च प्रतिस्पर्धा हुने आंकलन गरिएका छन ।
दिल्लीको विकासलाई केन्द्रमा राख्ने प्रयास गरेको आम आदमी पार्टीले भने भाजपामाथि चुनावी अभियानको क्रममा आक्रमक रणनीति लिएको थियो । विधानसभाको नतिजा आउँदो मंगलबार सार्वजनिक हुनेछ ।




