चीनबाट उद्धार गरी ल्याइने नेपालीलाई राख्ने ठाउँ नपाए संसद भवन खाली गर्न प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८२, शुक्रबार

चीनबाट उद्धार गरी ल्याइने नेपालीलाई राख्ने ठाउँ नपाए संसद भवन खाली गर्न प्रस्ताव

काठमाडौं, २१ माघ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा समाजवादी पार्टीका सांसद प्रदीप यादवले चीनबाट उद्धार गरि ल्याउने नेपालीलाई राख्ने ठाउँ नपाए संसद भवन खाली गर्न प्रस्ताव गर्नुभएको थियो ।

उहाँले चीनमा कोरोना भाईरसको उत्पत्ति र बढी संक्रमण पनि फैलिएकाले उनीहरुले यसमा उच्च सर्तकता र कडा व्यवस्थापन गर्नु जरुरी भएपनि नेपालमा समस्या नभएकाले उसको जस्तै तयारी गर्नुपर्छ भन्ने भनाई तर्कसंगत नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो “चीन सरकार जसरी नाच्छ त्यही तालमा हामीले खुट्टा उचालिहाल्नुपर्छ भन्ने कुरा नेपाल सरकार विश्वास गर्दैन । हामीले हाम्रो आवश्यकताको आधारमा गर्ने हो ।”