चार किस्तामा पूँजीगत लाभकर तिर्ने एनसेलको प्रतिबद्धता | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

चार किस्तामा पूँजीगत लाभकर तिर्ने एनसेलको प्रतिबद्धता

lekha samiti-ncell labhkar

काठमाडौं, १९ माघ । राजश्व सचिव शिशिरकुमार ढुंगानाले एनसेलले चार किस्तामा पूँजीगत लाभकर तिर्ने व्यवस्था मिलाईदिन ठुला करदाता कार्यालयलाई पत्राचार गरेको बताउनुभएको छ ।

संसदको सार्वजनिक लेखा समितिको आइतबारको बैठकमा राजश्व सचिव ढुंगानाले सर्वोच्च अदालतको आदेशपछि निर्धारण भएको करको २० प्रतिशत रकम भूक्तानी गरिसकेको र बाँकी ८० प्रतिशत जुन महिनाभित्र चार किस्तामा तिर्ने प्रतिवद्धता सहितको पत्र ठुला करदाता कार्यालयमा पठाएको बताउनुभएको हो ।

ढुंगानाले सर्वोच्च अदालतको २०७६ भदौ ९ गतेको आदेशले २०७६ मंसिर १९ गते आयकर ऐन २०५८ को दफा १ सय २० बमोजिम पूँजीगत लाभकर बापत २२ अर्ब ४४ करोड ५३ लाख ९७ हजार ९ सय ५५ रुपैयाँ ५ पैसा निर्धारण गरेको बताउनुभयो । उहाँले २०७६ पुस ६ गते एनसेललाई लाभकर बुझाउन ठुला करदाता कार्यालयले पत्राचार गरेको र २०७६ पुस १५ गते एनसेलले ४ अर्ब ५० करोड बुझाएको जानकारी दिनुभयो ।

सचिव ढुंगानाले एनसेलले बाँकी रकम आगामी जुन महिनाभित्र तिर्ने प्रतिबद्धता जनाएको उल्लेख गर्नुभयो । उहाँले एनसेलले समयमा लाभकर भुक्तानी नगरेकाले भुक्तानी गर्न बाँकी रकममा वार्षिक १५ प्रतिशतका दरले ब्याज लाग्ने समेत बताउनुभयो ।

बैठकमा सांसदहरुले एनसेलले तिर्न बाँकि लाभकरमध्ये २० प्रतिशत भुक्तानी गरेको र बाँकी रकम किस्तामा तिर्ने बताएपनि असुल हुने सुनिश्चितता भए नभएको जानकारी गराउनुपर्ने बताएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);