चीनमा रहेका नेपालीहरुलाई फिर्ता गर्नुपर्ने अवस्था तत्काल छैन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८१, मंगलबार

चीनमा रहेका नेपालीहरुलाई फिर्ता गर्नुपर्ने अवस्था तत्काल छैन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

swasthya-mantralaya

काठमाडौं, १७ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनको वुहान लगायत अन्य क्षेत्रमा रहेका नेपालीहरुलाई फिर्ता गर्नुपर्ने अवस्था तत्काल नभएको जनाएको छ ।

बिहीबार पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले अहिले नै चीनमा रहेका नेपालीहरुलाई फिर्ता गर्नुपर्ने अवस्था नभएको बताउनुभएको हो । अध्ययनका क्रममा वा कामको शिलशिलामा चीनमा रहेका नेपालीहरुमा अहिलेसम्म कोरोना भाइरसको संक्रमण नदेखिएको भन्दै उहाँले अहिले नै फिर्ता गरिहाल्नुपर्ने अवस्था नभएको तर आवश्यक तयारी भने गरिरहेको बताउनुभयो ।

स्वास्थ्य आपतकालिन तथा विपद व्यवस्थापन एकाई प्रमुख सागर दाहालले त्रिभुवन विमानस्थलमा हेल्थ डेस्क नै स्थापना गरेर निगरानी बढाइरहेको जानकारी दिनु भयो ।

वुहानमा रहेका नेपाली विद्यार्थीहरुले भने आफुहरुको उद्धार गर्न चीनमा रहेको नेपाली दुतावासलाई आग्रह गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);