राष्ट्रपति भण्डारी हनुमानढोमा पुगि वसन्त श्रवण | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८१, बुधवार

राष्ट्रपति भण्डारी हनुमानढोमा पुगि वसन्त श्रवण

काठमाडौं, १६ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोका दरबार गइ वसन्त श्रवण गर्नु भएको छ । हनुमानढोका दरबारको नासल चोकमा राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने चलन छ ।

बिहीबार बिहान ९ः०५ मिनेटको साइतमा राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त श्रवण गर्नु भएको हो । हनुमानढोका दरबारका पुरोहित देवराज अर्यालले राष्ट्रपतिलाई बसन्त श्रवण गराउनु भएको थियो ।

श्रीमदभागवत पुराणमा उल्लेख भए अनुसार भगवान श्रीकृष्णको खोजीमा रहेका प्रेमिका राधा लगायतका गोपिनीहरुले बसन्त ऋतुको आगमन भएको भन्दै बसन्त रागमा गाएको गीतलाई वसन्त श्रवणको रुपमा सुन्ने चलन छ ।

नेपालमा राष्ट्राध्यक्ष लगायत सरकार प्रमुख सबैले हनुमानढोका दरबारको नासल चोकमा बसन्त श्रवण गर्ने चलन छ । आजबाट बसन्त ऋतु सुरु भएको मनिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);