काठमाडौं, १६ माघ । बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । सुनको पछिल्लो मूल्य तोलाको ७६ हजार ५ सय पुगेको छ । केही समय अघि ६० हजारको हाराहारीमा रहेको सुन बजार मूल्य २ महिनामै ७६ हजार पुगेको हो । आकाशिएको मूल्यले नेपाली अर्थतन्त्रमा समेत प्रभाव परेकाे छ ।
अन्तर्रा्ष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १५ सय ८० पुगेको छ । त्यस्को सिधा असर नेपाली सुन बजारमा पनि देखिएकोछ । विशेषगरी अमेरिका र चीनबीचको व्यापार युद्ध मात्रै होइन, इरान र अमेरिकाबीचको तनावले सुन बजारमा प्रभाव परेको हो । सुनको मूल्य बृद्धिले नेपालमा पनि त्यस्को आर्थिक प्रभाव परेको छ ।
अर्थतन्त्रसंग सुनको प्रत्यक्ष सम्बन्ध हुने गर्दछ । सुनको मूल्यमा आउने उतार चढावले मुलुकको अर्थतन्त्र पनि प्रभावित हुने गर्दछ । सुनको मूल्यले दैनिकजसो ऐतिहासिक रेकर्ड राख्न थालेसगै व्यवसायिक क्षेत्रमा पनि असर गरेको व्यवसायी बताउछन् ।
विश्वका मानिस मध्ये ५० प्रतिशतले सुनलाई गहनाको रुपमा प्रयोग गरिरहेका छन् । ४० प्रतिशतले लगानीका लागि यसको प्रयोग गरेका छन् भन् १० प्रतिशतले उद्योगका रुपमा यसको प्रयोग गरिरहेका छन् । सुनको कारोबारले विश्व अर्थतन्त्रमा प्रभाव पार्ने गर्दछ । विशेष गरि विश्वमा चीन सबैभन्दा बढी सुन उत्पादक राष्ट्र हो ।
इरान पेट्रोलियम पदार्थको प्रमुख स्रोत मानिन्छ । सोही राष्ट्रको अहिले अमेरिकासँग व्यापारिक तनावको अवस्था हुँदा त्यसको असर सुनमा पर्नु स्वाभाविक रहेकोछ । तर यसरी सुनको मूल्यमा आएको बृद्धिले सुनचाँदी व्यवसायमा समेत सिधा असर गरेको छ । सुन बजार मूल्य आकाशिएपछि सुन व्यवसायमा विकल्प खोज्नुपर्ने व्यवसायिको प्रतिक्रृया छ ।
सुन अर्थतन्त्रको मुख्य आधार हो, सुनमा आउने मूल्य उतारचढावले अर्थतन्त्र प्रभावित हुने गर्दछ । विशेष गरि विश्व अर्थराजनीतिमा आउने घटनाक्रमले सुन बजारलाई पनि प्रभावित गर्न गर्दछ । विश्व बजारमा हुने हलचलले नेपाली सुन बजारमा पनि प्रभाव परेको हो । आकाशिदै गरेको सुन बजार मूल्यले नेपाली अर्थतन्त्रसंगै व्यसायीक क्षेत्रमा समेत असर गरेको छ ।