काठमाडौं, १५ माघ । सहिद सप्ताहका अवशरमा सहिदहरु गंगालाल श्रेष्ठ र दशरथ चन्दको शालिक अनावरण गरिएको छ । शोभा भगवती विष्णुमति नदी किनारमा निर्माण गरिएका शालिकहरुको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अनावरण गर्नुभएको हो ।
शालिक निर्माणमा झण्डै १८ लाख रुपैयाँ खर्च भएको जनाएको छ । कार्यक्रममा मेयर शाक्यले शहस्दले गरेको योगदान आगामी पुस्तासम्म जस्ताको त्यस्तै पुर्याउन शालिक निर्माण गरिएको बताउनुभायो ।
१९९७ साल माघ १५ गते चन्द र श्रेष्ठलाई तत्कालीन राणा शासकद्वारा सोभा भगवतीमा मृत्युदण्ड दिइएको थियो ।
बैतडीमा जन्मिनुभएका दशरथ चन्दले महात्मा गान्धीले भारतमा शुरु गरेको सत्याग्रहमा पनि सक्रियतापूर्वक भाग लिनुभएको थियो । त्यसैगरी रामेछापको भंगेरीमा जन्मिनुभएका गंगालाल श्रेष्ठ त्रिचन्द्र कलेज पढ्दै गर्दा राणा शासन विरोधी आन्दोलनमा लाग्नुभएको थियो ।