लागू औषध कारोवार रोक्न झापामा प्रहरीको अभियान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

लागू औषध कारोवार रोक्न झापामा प्रहरीको अभियान

झापा, १४ माघ । जिल्ला प्रहरी कार्यालय झापाले समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत लागू औषध नियन्त्रणको पहल थालेको छ । सुरक्षा चेकमा कडाई गर्दा पनि लागु औषधको कारोवार नियन्त्रण हुन नसकेपछि जिल्ला प्रहरी कार्यालय झापाले समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत पहल अघि सारेको हो ।

खुल्ला सिमानाका कारण पश्चिम वंगाल हुँदै पूर्वी नाका काँकरभिट्टाबाट सजिलै लागू औषध भापा भित्रिने गरेको छ । समुदाय प्रहरी साझेदारी अभियानको उद्घाटन गर्दै प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कुमार कार्कीले अभियान सञ्चालनमा सहयोग प-याउन सबैलाई आग्रह गर्नुभयो । समुदाय प्रहरी साझेदारी कार्यक्रममा झापाका १५ वटै स्थानीय तहसंग समन्वय गरेर काम थालिएको हो ।

झापामा चालू आर्थिक वर्षको ५ महिनामा लागू औषध कारोवारमा संलग्न सात महिला सहित ९५ जनालाई पक्राउ गरेर प्रहरीले मुद्दा चलाएको छ । झापामा लागू औषधको दुर्व्यसनी बढेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले बताउनु भयो ।

झापामा बढ्दो लागू औषधको कारोवार र दुर्व्यसन रोक्न दुर्व्यसन पुनर्स्थापना तथा सुधार केन्द्र सञ्चालनका लागि महेन्द्रकुमार गिरीको संयोजकत्वमा सात सदस्यीय समिति गठन भएको छ । गठित समितिले जमिन जुटाउँदै पुनसर््थापना केन्द्र सञ्चालनको काम गर्ने बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);