संसद्को समय अब खेर जान दिनु हुँदैन : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८१, आइतबार

संसद्को समय अब खेर जान दिनु हुँदैन : प्रधानमन्त्री ओली

kp oli

काठमाडौं, १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब संसदको समय खेर जान नहुने बताउनु भएको छ । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा नवनिर्वाचित सभामुख अग्नि प्रसाद सापकोटालाई सफल कार्यकालको शुभकामना दिदै प्रधानमन्त्री ओलीले संसदको केही समय खेर गएको भन्दै अब समय खेर जान दिन नहुने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले जनताको सर्वोच्च प्रतिनिधिसंस्था संसदको सभामुख जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा सापकोटालाई सफल कार्याकालयको हार्दिक बधाई र शुभकामना दिनुभयो ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कानुन र नियम संगत ढंगले संसदलाई मर्यादित ढंगले अघि बढाउने विश्वास व्यक्त गर्दै संसद संञ्चालनमा सरकारको पुर्ण सहयोग रहने प्रतिवद्धता जनाउनुभयो । उहाँले दलहरुबीचको एकता नभएको समयमा विभिन्न प्रतिगामी कदमहरु हुने गरेको भन्दै सवै एकबद्ध भएर मुलुकको एजेण्डा र विकासलाई शुसासन तर्फ केन्द्रीत गर्नुपर्ने जरुरी रहेको बताउनुभयो ।

त्यसैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख सापकोटालाई शुभकामना दिने क्रममा अमेरिकाको मिलेनियम च्यालेन्च कर्पाेरेशन अनुदान सहयोग एमसीसी तत्काल पारित गर्न सरकारसंग माग गर्नुभयो ।

देउवाले एमसीसी परियोजनाले नेपाललाई धेरै फाइदा पुग्ने उल्लेख गर्नुभयो । प्रतिनिधि सभाको सभामुखमा अग्नि सापकोटा निर्वाति भएपछि उहाँको अध्यक्षतामा मंगलवार संसदको पहिलो बैठक बसेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);