एपिएफलाई हराउँदै नेपाल पुलिस पाँचौं स्थानमा | ईमाउण्टेन समाचार

Our Network

पुष १ २०८१, सोमबार

एपिएफलाई हराउँदै नेपाल पुलिस पाँचौं स्थानमा

काठमाडौं, १३ माघ । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार पुलिसले शसस्त्र प्रहरीको एपीएफ क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

विभागीय डर्बी भिडन्तमा पुलिसलाई जित दिलाउन कप्तान भोला नाथ सिलवालले निर्णायक गोल गरे । खेलको १३ औं मिनेटमा भोलाले पेनाल्टीमा गोल गर्दै पुलिसलाई तीन अंक दिलाएका हुन् ।

एपीएफका खेलाडीले डिबक्स भित्र फाउल गर्दा पुलिसले पेनाल्टी पाएको थियो । एपीएफलाई पराजित गरेसँगै पुलिस लिगको पाँचौं स्थानमा उक्लिएको छ । पुलिसले ९ खेलमा १४ अंक जोडेको छ । पराजित एपीएफ ९ खेलमा ५ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);