सभामुख र चिनियाँ राजदूतबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सभामुख र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं, १३ माघ । नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गर्नुभएको छ । आइतबार सभामुखमा निर्वाचित सापकोटालाई भेट्न राजदूत यान्छी सोमबार दिउँसो सिंहदरबार पुग्नुभएको हो ।

सोमबार मात्रै सभामुखको सथपग्रहण गर्नुभएका सापकोटालाई भेट्न सिंहदरबार पुग्नुभएका राजदूत यान्छीले सापकोटासँग करिब आधाघण्टा कुराकानी गर्नुभएको थियो ।

राजदूत यान्छीले सभामुख सापकोटालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको छ । नवनियुक्त सभामुख सापकोटालाई भेटेरै शुभकामना दिने चिनियाँ राजदूत यान्छी नेपालस्थित कुटनीतिक नियोगको पहिलो व्यक्ति हुनुहुन्छ । सापकोटाले सोमबार मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथग्रहण गर्नुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);