हेड सरदेखि सभामुखसम्म | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०८१, बुधवार

हेड सरदेखि सभामुखसम्म

sabamukh sapkota

सिन्धुपाल्चोक, १३ माघ । ‘सम्माननीय सभामुखज्यू। यत्रतत्र भ्रष्टाचार छ ! कहाँ छैन र भ्रष्टाचार ?’ प्रतिनिधिसभा सदस्यको हैसियतमा अग्निप्रसाद सापकोटाले संसद्को रोस्टममा उभिएर तत्कालीन सभामुख कृष्णबहादुर महरामार्फत सरकारलाई बारम्बार औंला ठडाएर प्रश्न गर्थे। ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा अघि सारेको आफू आबद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारका कमीकमजोरीमाथि सांसदको हैसियतमा औंला ठड्याउने उनै सापकोटा अहिले प्रतिनिधिसभाको सभामुख भएका छन्।

प्रतिनिधिसभामा एकल मनोनयन दर्तादेखि सभामुख घोषणासम्म उनी विवादरहित भने बन्न सकेनन्। नवनिर्वाचित सभामुख सापकोटाको राजनीतिक जीवन यात्रा संघर्षपूर्ण छ। डेढ दशक शिक्षण, दसवर्षे ‘जनयुद्ध’ का क्रममा विभिन्न मोर्चामा खटिँदा बेहोर्नुपरेका हन्डरदेखि दुईपल्ट मन्त्री भएको आरोह–अवरोहका साक्षी हुन् उनी।

सभामुखमा उम्मेदवारी दर्ता गराएपछि गत बिहीबार आफ्नो निर्वाचन क्षेत्रको एक कार्यक्रममा सहभागी भएका उनले संसद्को गरिमा उच्च बनाउन आफूले सभामुखको ‘रिहर्सल’ गरिरहेको बताएका थिए। राजनीतिक यात्रामा व्यक्तिगत र परिवारको स्वार्थका लागि कहिल्यै नसोचेको बताउँदै सापकोटाले नागरिककर्मीसँगको भेटमा भनेका थिए, ‘संसद्मा पनि यस्तै निस्वार्थी भावनाले काम गर्छु।’

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);