विद्यार्थी मुर्छा पर्दा डाक्टर होइन, पुराण लाउने तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

विद्यार्थी मुर्छा पर्दा डाक्टर होइन, पुराण लाउने तयारी

mass hysteria

झापा, १३ माघ । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीस्थित पशुपति माध्यमिक विद्यालयका कक्षा आठदेखि १० सम्मका २४ छात्रामा मास हिस्टेरिया (कन्भर्जन डिसअर्डर) देखिन थालेको डेढ महिना बितेको छ । तर, शिक्षक र अभिभावक उनीहरूलाई डाक्टरकहाँ लैजानुको सट्टा विद्यालयमै धामीझाँक्री लगाइरहेका छन् । पछिल्लोपटक त ‘माता’को सल्लाहअनुसार छात्रालाई निको पार्न भन्दै विद्यालयले श्रीमद्भागवत पुराण लगाउने तयारी गरेको छ ।

विद्यालय समयमा छात्राहरू चिच्याउने, कराउने र मुर्छा पर्ने समस्या देखिन्छ । यसो हुनुमा ‘विद्यालयमा भूतप्रेत पसेको’ अभिभावक र शिक्षकको बुझाइ छ । त्यही अन्धविश्वासका आधारमा विद्यालयमा दुईपटक धामी बोलाएर झारफुक गरियो । काँकडभिट्टाको नकलबन्दा बस्ने ‘झाँक्री माता’कहाँ छात्राहरूलाई पटक–पटक लगियो । उनकै सल्लाहअनुसार विद्यालयले २३–२९ माघमा श्रीमद्भागवत पुराण लगाउने तयारी गरेको छ ।

यही मौकामा उठेको पैसाले विद्यालयका लागि बस किन्ने योजना छ ।’विद्यालयका तत्कालीन प्रधानाध्यापक टंगबहादुर बरालको करिब पाँच वर्षअघि दुर्घटनामा मृत्यु भएको थियो । धामीले उनकै आत्मा घुमिरहेको भनेका कारण झाँक्री राखिएको शिक्षकहरू बताउँछन् । धामीझाँक्री र ‘माता’लाई देखाउनेदेखि पुराण लगाउनेसम्म तयारी गरेको विद्यालयले अहिलेसम्म चिकित्सकसँग भने सल्लाहसमेत गरेको छैन ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);