सोनाम ल्होछार अर्थात् नयाँ वर्ष विविध कार्यक्रम गरी मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

सोनाम ल्होछार अर्थात् नयाँ वर्ष विविध कार्यक्रम गरी मनाइँदै

Tamu Losar Festival in Nepal

काठमाडौं, ११ माघ । तामाङ समुदायले आज २८ सय ५६ औं सोनाम ल्होछार अर्थात् नयाँ वर्ष विविध कार्यक्रम गरी मनाउँदै, प्रधानमन्त्री ओलीद्वारा शुभकामना व्यक्त गर्नुभएकाे छ।

हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइने ल्होछारको अवसरमा घरघरमा पूजापाठ, खानपिन, ठूलाबडाबाट टीका तथा आशीर्वाद ग्रहण, शुभकामना आदानप्रदान र सामूहिक रुपमा विविध मनोरञ्जनात्मक कार्यक्रम गर्ने गरिन्छ । मञ्जुश्री पात्रोअनुसार आजदेखि सुँगुर वर्षलाई बिदाइ गरी मुसा वर्षलाई स्वागत गरिएको छ ।

वर्ष फेरिने प्रचलन १२ वटा जनावर तथा पशुपंक्षीको नाममा चक्रीय प्रणालीअनुसार गणना गरिने प्राचीन पद्धति हो । ल्होछारका अवसरमा आज नेपाल तामाङ घेदुङलगायत विभिन्न संघसंस्थाको आयोजनामा काठमाडौंको टुँडिखेलमा विशेष सांस्कृतिक कार्यक्रम गरिरहेका छन् । ल्होछारको अवशरमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल, बाग्मती प्रदेशका प्रमुख डोरमणी पौडेलले शुभकामना व्यक्त गर्नुभएको छ ।

यसैबीच बाग्मती प्रदेश सरकारले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर वाहेकका जिल्लाहरुमा आज सार्वजनिक विदा समेत दिएको छ ।