बस्ती नजिकका पेट्रोल पम्प हटाउन सरकारको दिएको निर्देशन पालना भएन | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

बस्ती नजिकका पेट्रोल पम्प हटाउन सरकारको दिएको निर्देशन पालना भएन

काठमाडौं, ९ माघ । नेपाल सरकारले सडक नजिक तथा घना बस्तीबीच रहेका पेट्रोल पम्प स्थानान्तरण गर्ने भएको छ । राजधानीका विभिन्न स्थानमा रहेका १८ वटा पेट्रोल पम्पहरुलाई सरकारले गत पौष २९ गते अन्यत्र सार्न निर्देशन दिइसकेको छ ।

तर राज्यको नियम कानुन पालना गरेरै सञ्चालन गरेको हुँदा अन्यत्र सार्ने सरकारको निर्देशन मान्य नहुुने व्यवसायीहरुको भनाई छ ।

काठमाण्डौँ उपत्यकामा अधिकांश पेट्रोल पम्पहरु घनाबस्ती वा सडकको छेउमा रहेका छन् । पेट्रोल पम्महरु सडक छेउमा हुुँदा सवारी आवागमन नै प्रभावित हुँदै आएको छ ।

घना बस्तीमा पम्प हुुँदा आगजनीको समस्या पनि त्यतिकै हुने गर्छ । ट्राफिक जाम र सुुरक्षाका कारण प्रधानमन्त्री कार्यालयले उपत्यकाका सडक छेउमा रहेका १८ वटा पेट्रोल पम्पलाई अन्यत्र सार्न पत्राचार गरिसक्दा पनि व्यवसायीहरु मान्ने मनस्थितीमा रहेको दैखिदैन् ।

नेपाल आयल निगमले धेरै पहिलेदेखि नै सडक छेउका पेट्रोल पम्पहरुलाई स्थानान्तरण गर्न पटक–पटक आग्रह गर्दै आएको थियो भने यसपटक पत्र नै पठाएर निर्देशन दिएको छ ।

काठमाण्डौँको तीनकुुने, चाबहिल, बालकुुमारी र कोटेश्वरमा रहेका पेट्रोल पम्पमा आगलागी भईसकेको छ । बसोबास वा आवतजावत बढी हुने स्थानमा रहेका पेट्रोल पम्पमा दुर्घटना भए ठुुलो क्षति हुुन सक्ने सम्भावना रहेकोले पनि व्यवसायीहरुले सरकारको निर्देशन पालना गर्नुको विकल्प छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);