६८ औं भन्सार दिवसको अवसरमा भन्सार कर तथा भिसिटिएस सम्बन्धी प्रशिक्षण | ईमाउण्टेन समाचार

Our Network

चैत २५ २०८१, मंगलबार

६८ औं भन्सार दिवसको अवसरमा भन्सार कर तथा भिसिटिएस सम्बन्धी प्रशिक्षण

काठमाडौं, ९ माघ । ६८ औं भन्सार दिवसको उपलक्ष्यमा भन्सार कर तथा भिसिटिएस सम्बन्धी प्रशिक्षण कार्यक्रम गरिएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भन्सार दिवसको अवसरमा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो । प्रशिक्षणबाट सम्पूर्ण व्यवसायीहरुलाई सहयोग पुग्ने नाडाका अध्यक्ष कृष्ण दुलालले बताउनुभयो ।

सातवटै प्रदेशमा संस्थागत सदस्यहरु मार्फत प्रशिक्षण कार्यक्रम अगाडी बढाउने लक्ष्य नाडाले लिएको छ । अध्यक्ष दुललाले अहिलेको मुख्य माग भनेको सन्दर्भ मूल्य हटाएर व्यवसायीले स्वघोषणा गरिएको मूल्य कायम हुनुपर्ने बताउनुभयो । भन्सारले पनि त्यसलाई महसुस गरि मान्यता दिएको बताउनुभएको छ ।

भन्सार विभागका महानिर्देशक सुमन दाहालले भन्सारसँग आम नागरिकको साक्षात्कार हुन नसकेको बताउनुभएको छ । उपत्यकाको उदाहरण दिनुहुँदै उहाँले भन्नुभयो, ‘काठमाडौंमा १३ वटा कर कार्यालय छन् । तर एउटा मात्रै भन्सार कार्यालय छ । त्यसैले भन्सारसँग साक्षात्कार हुन सक्दैन् ।’

आम मान्छेहरु नागरिकता लिन, चालक अनुमतिपत्र लिन जानै पर्ने बाध्यकारी अवस्था भएकाले जाने गरेको तर भन्सारको निरीक्षण वा सामान आयात/निर्यातको हिसाबले नजाने हुँदा त्यहाँको वास्तविक अवस्थाबारे जानकार हुन नसकेको बताउनुभयो । भन्सारका गतिविधि, काम कारवाहीहरुका विषयमा जानकारी दिन प्रशिक्षण कार्यक्रमले सहयोग गर्ने उहाँले बताउनुभयो ।

भन्सार विभागले यो वर्षबाट मालवस्तुहरुको सही घोषणा अभियान सुरु गर्ने भएको छ । सही घोषणा गर्ने पहिलो अधिकार व्यवसायी र पैठारीकर्ताको भएको बताउँदै महानिर्देशक दाहालले पैठारीकर्ता आफै वा एजेन्ट मार्फत त्यसको जवाफ दिनुपर्ने बताएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);